सुनको भाउ आज फेरी उकालो लाग्यो

२५ असार । सुनचाँदीको भाउ पुनः मंगलबार बढेको छ ।

मंगलबार तोलामा ७ सय ५० रुपैयाँले बढेर ४९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ४० डलरले बढेर प्रति औंस १२ सय ६० डलर पुगेकाले नेपाली बजार पनि प्रभावित भएको हो ।
यस्तै चाँदी पनि १५ रुपैयाँले बढेर तोलाको ८ सय २० रुपैयाँ पुगेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...