प्रचण्डबाट पार्टीमा अनुगमनको पक्ष बलियो बनाउने प्रस्ताव पेश

२६ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अनुशासन आयोगको स्थापना गरेर अनुगमनको पक्ष बलियो बनाउनुपर्ने प्रस्ताव पेश गर्नुभएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा आज बसेको पदाधिकारी, पुर्बस्थायी, ब्युरो इन्चार्ज, राज्य समिति संयोजकहरुको सामुहिक बैठकमा अध्यक्ष प्रचण्डले संगठनात्मक कार्यदिशा सैद्धान्तिक पक्षमा सो प्रस्ताव पेश गर्नुभएको हो । उहाँले पार्टीका नेताहरुको अभिब्यक्तीमा स्वतन्त्रता र काम कार्बाहीमा एकरुपता ल्याउन संस्कृति र आचरणमा अनुगमनको पक्ष बलियो बनाउने सहितको प्रतिबेदन तयार पार्नुभएको छ ।

अध्यक्ष प्रचण्डले साउन ४ गते काठमाडौमा बस्ने बिस्तारित बैठकमा पेश गर्न तयार पारेको प्रस्तावमा पार्टी संगठनत्मक कार्यदिशाको संगठनात्मक सिद्धान्त जनबादी केन्द्रीयता नै बनाउन प्रस्ताव गर्नुभएको छ । बैठकमा कम्युनिष्ट मूल्य मान्यता र आदर्शलाई आत्मसाथ गदै सातौ महाधिबेशनमा पारित भएको उत्पादन र बिकासको बाटोमा कार्यकर्ता परिचालन गर्नुपर्ने नेताहरुले बताएका छन ।

बैठकमा पार्टीलाई एकताबद्ध रुपमा लैजान सबै नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनको कार्यबिभाजनमा केन्दित भएर जान नेताहरुले अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन । अध्यक्ष प्रचण्डको प्रस्तावमा छलफलका लागि बैठक पुन शुक्रबार बस्ने नेताहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...