सडक निर्माणमा ढिलाई भएको स्थानीयबासीको गुनासो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सडक निर्माणमा ढिलाई भएको स्थानीयबासीको गुनासो

Share This
१७ असार । असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिएको मार्तडी कोल्टी सडकखण्डको निर्माणमा ढिलाइ भएको छ ।
जेष्ठ २ गतेबाट काम सुरु गर्ने गरी भएको सर्वपक्षिय सहमति कार्यान्वयन नहुदा निर्माणमा ढिलाई भएको हो । मार्तडी देखि पाण्डुसैनसम्मको २५ किलोमिटर सडक निर्माण गर्न ४५ दिनको समय लिएर विश्व खाद्य कार्यक्रमले निर्माणको जिम्मा लिएको थियो ।

गएको बैशाख ३१ गते जिल्ला विकास समितिमा बसेको सर्वपक्षिय बैठकले गत जेष्ठ २ गतेबाट काम सुरु गर्ने, खडुका भीरको सेल्तानी कन्ट्रक्सन प्रालिको डोजरले गरेको कामको मूल्याकन गरी रकम भुक्तानी गर्ने र जेष्ठ ७ गते भित्र खडुका भीरमा बिग्रीएको डोजर हटाई काम सञ्चालन गर्ने सहमति भएपनि समय गुज्रिसक्दा समेत २० प्रतिशत पनि काम नभएको स्थानीयको आरोप छ ।

२०६८ सालमा निर्माणसुरु गरिएको मार्तडी कोल्टी सडक खण्डमा हालसम्म करोडौं रकम खर्च भएपनि काम भने सन्तोषजनक हुन नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here