बर्दियामा बाढी पीडित र प्रहरीबीच झडप - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बर्दियामा बाढी पीडित र प्रहरीबीच झडप

Share This
१७ असार । बर्दियाको राजापुर स्थित ईलाका प्रशासन कार्यालयमा बाढी पिडित र प्रहरीबीच झडप हुदा पाच प्रहरीसहित १४ जना घाइते भएका छन् ।
राजापुर क्षेत्रका बाढी पीडितहरुले राहत नपाएको भन्दै नाराजुलुस सहीत ईलाका प्रसाशन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप भएको हो । झडमा प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको थियो । पीडितहरुले नाराजुलुश गर्दै ईलाका प्रशासन घेराउ गर्नुका साथै पिडीतले राजापुर बजार समेत बन्द गराएका थिए ।

राजापुरमा राहत टोलीले बाढी पीडितको अवस्थाबारे अवलोकन गरी आवश्यक राहतको व्यवस्था गर्ने बताएपनि अहिले सम्म चिउरा र चाउचाउ मात्रै बितरण गरेको भन्दै पीडितहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here