आमन्त्रित पुरुष भलिवलमा नेपालको विजयी शुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आमन्त्रित पुरुष भलिवलमा नेपालको विजयी शुरुवात

Share This
२८ असार । प्रथम दक्षिण एसियाली आमन्त्रण पुरुष भलिबल प्रतियोगिता अन्तर्गन नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित कबर्ड हलमा शुक्रबार भएको उद्घाटन खेलमा नेपालले अफगानिस्तालाई तिन—दुईको सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । खेलको पहिलो सेट २५—२३ ले गुमाएको नेपालले दोस्रो सेटमा २५—२१ र तेस्रो सेटमा २५—१८ को जित हात पारेको थियो ।

प्रतिस्पर्धात्मक खेलको चौथौ सेट २६—२४ ले गुमाएको नेपालले अन्तिम सेट १५—९ ले जित्न सफल भएको हो । जितपछि नेपालले महत्वपुर्ण २ अंक जोड्न सफल भएको छ । प्रतियोगिता अन्तर्गत अब नेपालले दोस्रो खेलमा श्रीलंका र अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछन ।

प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेताले नगद २ लाख नगद रुपैया प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले नगद १ लाख रुपैया तथा तेस्रो स्थान हात पार्ने टिमले ५० हजार नगद रुपैया जित्नेछन । नेपाल भलिबल संघको आयोजनामा सन्चालन भएको यो प्रतियोगिता चार दिनसम्म चल्नेछ । यस अघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले एक भब्य कार्यक्रमकाबीच उदघाट्न गर्नुभएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here