१५ साउन । पत्नीको हत्या गर्ने सप्तरी रामनगर गाविस–२ का ३२ वर्षीय योगेन्द्र यादव थुनामा परेका छन् ।
जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले सोमबार यादवलाई पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको हो । आरोपित यादवमाथि जेठ २६ गते राति २७ वर्षीया पत्नी उर्मिलादेवी यादवको घाँटी थिचेर हत्या गरेको आरोप छ ।
पत्नीको हत्या गरेर भाइबुहारी लक्ष्मीदेवीसहित फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी रामनगरको टोलीले गत असार १८ गते औरही गाविस–७ बाट गिरफ्तार गरेको थियो ।
योगेन्द्रविरुद्ध उर्मिलादेवीका पिता रामनगर गाविस–८ का केशोरी यादवले गत जेठ ३१ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पत्नी हत्याका आरोपी यादव थुनामा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment