२८ असार । अबिरल बर्षाका कारण पहिरो जाँदा हिमालपारिको जिल्ला मनाङ जोड्ने मोटरबाटो अवरुद्ध भएको छ ।
भारी बर्षाका कारण गएराति लमजुङ र मनाङको सीमावर्ती क्षेत्र म्यार्दी भीर नजिकै पहिरो जाँदा मनाङ जाने मोटरबाटो अवरुद्ध भएको हो । पहिरोसंगै आएको चट्टानले मोटरसंगै मानिस समेत हिंड्न नसक्ने भएको चामे सडक निर्माण कार्यगणले जनाएको छ । म्यादीभीर नजिकै मोटरबाटोलाई पहिरोले बगाएपछि अहिले उत्तरी लमजुङको च्याम्चेसम्मको ३१ किलोमीटर सडक खण्डमा मात्रै मोटर चलेको छ । यसअघि असारको पहिलो र दोश्रो साता गएको पहिरोलाई नेपाली सेनाको बेसीशहर चामे सडक निर्माण कार्यगणले पन्छाएको थियो । सडक विभागलाई हस्तान्तरण गरी नेपाली सेनाको बेंसीशहर चामे सडक निर्माण कार्यगणले लमजुङल छोडेपछि सडकको मर्मतकार्य अन्योलमा परेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बर्षाले पहिरो गएपछि चामे सडकखण्ड अवरुद्ध
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment