२२ असार । संखुवासभाको खोरण्डेमा बाबुले आफ्नी छोरीलाई बलात्कार गरेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभा खोरण्डेका पासाङगम्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
ज्यान मार्ने धम्की दिँदै ६ वर्षदेखि बाबुले बलात्कार गरेको उजुरी छोरीले दिएपछि ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । आमाको ६ वर्ष अगाडी मृत्यु भएको र मृत्युपछि ११ वर्षको उमेरदेखि ज्यान मार्ने धम्की दिँदै शेर्पाले आफ्नी छोरीलाई बलात्कार गरेको पीडितले बताएकी छिन् ।
बलत्कृत युवतीकी फुपुले साथ दिएपछि बलात्कारको घटना प्रहरीसमक्ष पुगेको हो । बलत्कृत युवतीका अनुसार– ‘६ बर्षदेखि आफू बलात्कृत हुँदै आएको र २ बर्षदेखि धम्कीको डरले गर्भनिरोधक औषधी खाँदै आएको बताइन् ।
दीदीङ–५ आहालेबाट खाँदबारीको खोरण्डे गाउँमा आएर बस्ने पासाङ शेर्पाले जेठी श्रीमतीको मृत्यु भएपछि दोश्रो बिहे गरेका थिए । दोस्री श्रीमतिले पनि आत्महत्या गरेपछि तेस्री श्रीमति विवाह गरेका उनले घरमा कोही नभएको मौका छोपेर बलात्कार गर्ने गरेको थिए ।
पीडितको जाहेरीपछि प्रहरीले पक्राउ गरेका शेर्पा विरुद्ध हाडनाता र जवरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक रुपम लामाले जनाउनुभयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

यस्ता पनि बाबु छन् समाजमा, जसले छोरीलाई नै बलात्कार गरे
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment