१३ औं चरणको रेशमा मार्कले पहिलो बने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१३ औं चरणको रेशमा मार्कले पहिलो बने

Share This
२९ असार । ग्रेट ब्रिटेनका मार्क क्याभेन्डिसले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत १३ औ चरणको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।
गएराति भएको टुर्सदेखि सेन्ट अमान्द मोन्टरोडसम्मको १ सय ७३ किलोमिटरको रेश ब्रिटेनका मार्क क्याभेन्डिसले तीन घण्टा ४० मिनेट शून्य–आठ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारेका हुन् । त्यस्तै, स्लोभाकियाका पिटर सागनले दोस्रो तथा नेदरल्याण्डस्का बौके मोल्लेमाले तेस्रो स्थानमा रहँदै दुरी पूरा गर्न सफल भएका थिए ।

समग्रमा अहिलेसम्म ५१ घण्टा ३० सेकेन्डमा दुरी पूरा गर्दै ब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा छन् । फोमीभन्दा मात्र २ मिनेट २८ सेकेन्ड पछाडि रहेका नेदरल्याण्डस्का बौके मोल्लेमा दोस्रो तथा स्पेनी अल्बेर्टो कोन्टाडोर तेस्रो स्थानमा छन् । प्रतियोगिताको १४ औ चरणअन्तर्गत शनिबार सेन्ट पौरकेन सुर सिउले देखि लिवनसम्मको १ सय ९१ किलोमिटरको रेश सन्चालन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here