२१ असार । पाचबर्ष अघि धनुषाको रघुनाथपुर २ का नागेन्द्र यादबलाई हत्या गरी फरार भएका अभियुक्त प्रमोद कापड पक्राउ परेका छन् ।
कापडलाई जनकपुर प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । कापडमाथि कत्र्तब्य ज्यान मुद्दा चलाईने प्रहरीले जनाएको छ । सिरहामा अपहरण मुद्दामा समेत संलग्न भएका कापड भारतमा पनि अपहरणकै मुद्दामा ३ वर्ष जेल सजाय काटेर मुक्त भएका अभियुक्त हुन् । त्यस्तै जनकपुरको एक नीजि विद्यालयका प्रधानाध्यापक र अभिभावकलाई धम्की दिने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला गाबिस १ का ठेकेदार जिवन यादब, चोरकोयलपुर २ का १९ वर्षिय विजय यादब र चक्कर २ का २७ वर्षिय ईसराईल मन्सुर रहेका छन् । यादब यूएस ओ ग्लोबल म्यान पावरका सञ्चालक हुन् । तीनै जनामाथि हातहतियार तथा खरखजाना मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

हत्यारा कापड पाँचवर्षपछि पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment