जोकोभिच र मुर्रे विम्वल्डन टेनिसको फाइनलमा प्रवेश

२२ असार । विश्व नम्बर एक नोभाक जोकोभिच र बेलायती एन्डी मुर्रे विम्बल्डन टेनिस प्रतियोगिताको फाइनमा प्रवेश गरेका छन् ।

गएराति भएको पहिलो सेमिफाइनलमा जोकोभिचले अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोलाई ७—५, ४—६, ७—६, ६—७ र ६—३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

खेलको पहिलो, तेस्रो र अन्तिम सेटमा जित हात पारेका जोकोभिच खेलको दोस्रो र चौथौ सेटमा भने डेल पोर्टोसँग पराजित भएका थिए । गएराति नै भएको अर्को सेमिफाइनलमा एन्डी मुर्रेले पोल्याण्डका जर्जी जानोविचलाई ६—७, ६—४, ६—४ र ६—३ को सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गर्न सफल भए ।

खेलको पहिलो सेटमा पराजित भएका मुर्रेले त्यसपछिका सेटमा भने जित हात पारेका थिए । फाइनल खेल आइतबार हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...