भावी नेपाललाई लक्षित गरि वालवालिकाको क्षेत्रमा काम गर्नुपर्ने विज्ञहरुको राय - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भावी नेपाललाई लक्षित गरि वालवालिकाको क्षेत्रमा काम गर्नुपर्ने विज्ञहरुको राय

Share This
बलराम प्यासी
भक्तपुर, १३ साउन । भविष्यमा मुलुकलाई कस्तो बनाउने हो, त्यसलाई मध्यनजर गर्दै अहिलेदेखि नै वालवालिकाको क्षेत्रमा सरकारले लगानी गर्न, वालवालिकाको क्षेत्रमा काम गर्ने वीज्ञहरुले सुझाएका छन् । ‘वालवालिकाको लागि अहिले लगानी गर्नु भनेको भविष्यमा मुलुकलाई शिक्षित, सम्वृद्ध र विकसित बनाउनु हो’ वीज्ञहरुले भनेका छन् । त्यसो त सरकारले आर्थिकवर्ष २०७०।०७१ को कूल बजेटको ७ प्रतिशत बजेट महिला तथा वालवालिकाको लागि विनियोजन गरेको जनाएको छ ।
महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालय, एसओएस वालग्राम नेपाल र एक्सन एड इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा आयोजित सहश्राब्दि विकास लक्ष्य र नेपालका वालवालिका विषयक दुईदिने गोलमेच वैठकका सहभागीहरुले सन् २०१५ पछि पनि वालवालिकाको आधारभूत र मौलिक अधिकार संरक्षणका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने कुरा पनि औंल्याए । अभिभावकसंगै हुर्किन पाउने वातावरण बनाउन, वालस्वास्थ्य, निःशुल्क र सामाजिक मूल्य रमान्यतामा आधारित शिक्षा र उनीहरुको भविष्य सुनिश्चित गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण पुर्वाधार बनाउन पनि सरकारसंग माग गरेका छन् ।

सहभागी वीज्ञहरुले वालअधिकार संरक्षण कार्य कार्यान्वयन गर्न केन्द्रीयस्तरमा वालअधिकार आयोगको गठन गर्न र मुलुकभरी वालइजलास गठन गर्नुपर्ने पनि माग गरेका छन् । गरीवी, दलित, पिछडिएका र अपांगताजस्ता वहुसमस्या भएका वालवालिकाको हकहीत र अधिकारको संरक्षणका लागि पनि उनीहरुले सम्वन्धित निकायसंग जोडदार माग गरेका छन् ।
सन् २०१५ को सहश्राव्दि विकास लक्ष्यपछि वालवालिकाको अधिकार संरक्षण गर्दै उनीहरुले पाउनुपर्ने सम्पूर्ण सुविधाहरुलाई निरन्तरताको लागि सुझाव संकलन गर्ने उद्धेश्यले सो गोलमेच वैठकको आयोजना गरिएको थियो । सन् २००० देखि विश्वका १ सय ८९ मुलुकले एकैसाथ लागु गरेको वालवालिकासम्वन्धि १५ वर्षे सहश्राब्दि विकास लक्ष्यको समय सकिन ८ सय ८८ दिन बाँकी रहँदा शुक्रबारदेखि सो वैठकको आयोजना गरिएको थियो ।

एसओएस वालग्राम नेपालका अध्यक्ष प्रा.डा.विश्वकेशर मास्केले गोलमेच वैठकबाट प्राप्त सुझावलाई सार्वजनिक गर्दै सो सुझावलाई एसओएस वालग्राम नेपालले आगामी सेप्टेम्वरमा हुने संयुक्त राष्ट्रसंघीय साधारणसभा र एसओएस अन्तराष्ट्रियको साधारण सभामा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव उपेन्द्र अधिकारीले वैठकको निष्कार्ष र उपलब्धीलाई कार्यान्यवनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । वालवालिकासम्वन्धि नीतिगत कमी कमजोरीलाई सुधार्दै वालहितकारी कार्यक्रमलाई अघि सारिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा एसओएस वालग्राम नेपालका राष्ट्रिय सचिव तथा गोलमेच वैठकका सदस्य सचिव श्रीशंकर प्रधानांगले गोलमेच वैठक उपलब्धीमूलक भएको बताउँदै वालवालिका सम्वन्धि विषयमा मुलुकका राजनैतिक दलका नेताहरु भने खासै सजग नभएकोप्रति गुनासो व्यक्त गर्नुभयो । संविधानसभाको दोस्रो निर्वाचन भएमा त्यसको पहिलो वैठकमा वालवालिकाको हकअधिकार सम्वन्धी आवाजले पहिलो प्राथमिकता पाउनुपर्ने कुरामा जोड दिनुभयो ।

गालमेच वैठक समापनका अवसरमा एक्सन एड इन्टरनेशनल नेपालका देशीय निर्देशक विमलकुमार फुयाँल, प्लान नेपालका कार्यक्रम व्यवस्थापक डा.चन्द्रकुमार सिंह, छायाँ नेपाल कैलालीकी शारदा घिमिरे, वाल क्लवका सदस्यद्धय सुजल खतिवडा र श्रुतिश्री श्रेष्ठलगायतले सन् २०१५ मासहश्राब्दि विकास लक्ष्यको समय सीमा सकिएपछि पनि वालअधिकार संरक्षण गर्नु सरकारको दायीत्व भएको बताउनुभयो ।

वैठकमा नेपाल राष्ट्र वैंकका गर्भनर युवराज खतिवडा, मानवअधिकार आयोगका सदस्य गौरी प्रधान , राष्ट्रिय योजना आयोगका पुर्व सदस्य वालगोपाल वैद्यलगायत वालवालिकाको क्षेत्रमा लामो समयदेखि संलग्न चारदर्जन व्यक्तिहरुले वालवालिकाका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here