नारायणी नदीमा पानीको बहाब बढ्यो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नारायणी नदीमा पानीको बहाब बढ्यो

Share This
१० साउन । अविरल वर्षासँगै आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह फेरी बढेको छ ।
जल तथा वर्षा मापन केन्द्र देवघाटका अनुसार आज बिहान १० बजे पानीको सतह ८ सय ६० सेन्टिमिटर पुगेको थियो । मर्स्याङ्दी नदीमा आएको बाढीले गएराती १ बजेबाट नदीमा निरन्तर पानी बढिरहेको मापन केन्द्रले जनाएको छ । त्यस्तै काली गण्डकीमा पनि बाढी बढ्दै गएकाले नारायणीको बाढी थप बढ्न सक्ने अवस्था रहेको जलमापन केन्द्रको पूर्वानुमान छ ।

नारायणीको बाढी बढ्दै गएपछि जिल्ला विपद ब्यस्थापन समिति चितवनले नदी किनारका बासिन्दालाई सतर्क अवस्थामा रहन सचेत गराएको छ । समितिका स्रोतब्याक्ति बलराम लुईटेलले बाढी बढ्दै जाँदा पश्चिम चितवनका गाविसमा प्रभाव पर्नसक्ने खतरा रहेको जानकारी दिनुभयो ।
यता, इलाका प्रहरी कार्यलय गैंडाकोटले नदी किनारका स्थानीयलाई सुरक्षित स्थानमा जान माइकिङ गरिरहेको छ । तीनदिन अघि पनि ९ सय ६० सेन्टिमिटर पानीको सतह बढ्ने गरि वाढि आएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here