बाढी बस्तीमा पसेपछि विचल्ली (फोटो फिचर)

२५ असार । अबिरल बर्षापछि झापाको रतुवा खोलामा आएका बाढी बस्तीमा पस्दा दमक वडानम्बर १२ मा ५० घर परिवारको अवस्था बिचल्ली बनेको छ ।

दमक १२ को सयपत्री टोलबाट कटान गरी रतुवा खोला बस्तीमा पसेपछि सयौं मानिस बिचल्लीमा परेका हुन् । त्यस्तै सतासीधामस्थित सतासी खोलामा आएको बाढीले २ घर बगाएको छ ।

इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक चिरञ्जीवी कोइरालाका अनुसार सतासी ४ को ढुङ्गेल चोक पूर्वका कर्णबहादुर राई र अम्बरबहादुर राईको घर बगाएको हो ।

ईलाका प्रहरी कार्यलय झिलझिलेको प्रहरीको टोली र स्थानीयले उद्धार गरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । यसैगरी झापाका सतासीधाम, शिवगञ्ज, पाँचगाछी, माहाभारा, बैगुनधुरा, कोरोवारी लगायतका गाविस जलमग्न भएका छन् । बाढीले महेन्द्र राजमार्गअन्र्तगत दमक केरखा सडकखण्डको डाइभर्सन बगाउदा यातायात समेत अवरुद्ध भएको छ ।
बाढीले जलमग्न बनाएको बस्ती फोटो फिचर


0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...