मोहन वैद्य रातारात चीन प्रस्थान

२५ असार । आगामी मंसिर ४ मा तोकिएको दोस्रो संविधानसभा निर्वाचनको विपक्षमा रहेको प्रमुख राजनीतिक दल नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणु अचानक रातारात चीन प्रस्थान गर्नुभएको छ ।

पार्टीका उपाध्यक्ष सिपी गजुरेलसहित उनी सोमबार राति सवा ११ बजे चाइना सायर्दन एयरको विमानबाट चीनको राजधानी बेइजिङ उडेका हुन् । मंगलबार बिहान काठमाडौं आइपुग्ने भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग सोही दिन दिउँसो भेटवार्ताको तालिका रहेपनि वैद्यले त्यसलाई वेवास्ता गर्दै चीन प्रस्थान गर्नुभएको छ ।

खुर्सिद मंसिर ४ मा जसरी पनि संविधानसभा निर्वाचन हुनुपर्ने भारतको सन्देश लिएर राजनीतिक भ्रमणमा आउने निश्चित हुनासाथ निर्वाचनको विपक्षमा रहेका वैदले बेइजिङ भ्रमण तय गरेको स्रोतको दाबी छ ।
वर्तमान सरकार भंग हुनुपर्ने, गोलमेच सम्मेलनमार्फत नयाँ सरकार गठन गरी संविधानसभा चुनाव गरेर मात्र त्यसमा भाग लिने अडान राख्दै आएको नेकपा–माओवादीले सोमबारै विभिन्न पक्षसँग वार्ता गर्न वैद्यकै नेतृत्वमा वार्ताटोली सार्वजनिक गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...