अमेरिकाको सनफ्रान्सिस्कोमा विमान दुर्घटना, २ जनाको मृत्यु

२३ असार । अमेरिकाको सनफ्रान्सिस्को विमानस्थलमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाको राजधानी सिओलबाट उडेको बोइङ ७७७ विमान अवतरण गर्ने क्रममा अचानक आगलागी भई दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा घाइते १ सय ३० भन्दा बढीको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । विमानमा चालक दलका सदस्य १६ जना २ सय ९१ यात्रु रहेको, बिमान कम्पनी एसियानाले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...