मार्केल किटेलले १० औं चरणको रेश पहिलो स्थानमा पुरा गरे

२६ असार । जर्मनीका मार्केल किटेलले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत दशौ चरणको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।

गएराति भएको सेन्ट गिल्डास देस बोइसदेखि सेन्ट मालोसम्मको एक सय ९७ किलो मिटरको रेश किटेलले चार घण्टँ ५३ मिनेट २५ सेकेन्डमा पूरा गदै पहिलो स्थानमा रहन सफल भएका हुन् ।

त्यस्तै, जर्मनीका आन्द्रे ग्रेपिलले दोस्रँे तथा गे्रट ब्रिटेनका मार्क क्याभेन्डिसले तेस्रो स्थानमा रहँदै रेश पूरा गरेका छन् । समग्रमा अहिलेसम्म ४१ घण्टा ५२ मिनेट ४३ सेकेन्डमा रेश पूरा गर्दै ग्रेटब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा छन् ।

दोस्रो स्थानमा स्पेनी अलेक्जान्द्रो भालभेर्दे तथा नेदरल्याण्डका बौके मोल्लेमा तेस्रो स्थानमा रहेका छन् । प्रतियोगिताअन्तर्गत बुधबार एभरान्चेसदेखि मोन्ट सेन्ट मिचेलसम्मको ३३ किलोमिटरको इन्डिभिजुयल टाइम ट्राइलको रेश सन्चालन हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...