२९ असार । कैलालीको धनगढीमा गएराती आगलागी हुदा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
धनगढी नगरपालीका चटकपुरमा रहेको रोशजकुमार कर्णको हार्डवयरको पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगोले नजिकै रहेको महेन्द्रा ट्याक्टरको स्वरुम किसान ट्रेडलिङमा पनि क्षति भएको छ ।
हार्डवयर पसलमा करिब ३५ लाखको मालासामान जलेर नष्ट भएको छ भने स्वरुममा रहेको ४ ओटा ठूला र एउटा सानो ट्याक्टर जल्दा १ करोड ७० लाखको क्षति भएको छ । आगो स्थानियवासी, धनगढी नगरपालीकाको दमकल, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

कैलालीमा आगलागीबाट २ करोड बढीको क्षति
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment