कुलेखानी तेस्रो जलविद्युतको मुख्य सुरुङ खन्ने काम सकियो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कुलेखानी तेस्रो जलविद्युतको मुख्य सुरुङ खन्ने काम सकियो

Share This
१४ साउन । मकवानपुरको भैंसे निर्माणाधिन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनामा मूख्य सुरुङ खन्ने काम सोमबारबाट सकिएको छ ।
आयोजनाले ४ हजार २ सय २१ मिटर लामो सुरुङ खनेर सकेको हो । यसअघि आयोजनाले ४ वटा सहायक सुरुङ खनिसकेको थियो । आयोजना शुरुवातको ४४ महिनामा २८ प्रतिशत काम भएको सुरुङको बाँकी काम थपिएको १६ महिनामा सकिएको हो ।

मूख्य सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अहिलेसम्म ६६.१४ प्रतिशत काम सकिएको छ । आयोजनाका अनुसार हेडवक्र्सको काम ९० प्रतिशत, सुरुङमा लाईनिङको काम १८.६० प्रतिशत र पावरहाउसको काम ३८.२३ प्रतिशत सकिएको छ । अहिलेकै गतिमा काम भए र अवरोध नभए तोकेको समयमा काम सकिने आयोजनाको दावी छ ।सुरुङ खन्ने कामको औपचारिक समापन कार्यक्रममा मकवानपुरका राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र स्थानीयले आयोजना समयमै सम्पन्न गर्न सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन । आयोजना १३ सेप्टेम्बर २०१४ मा सक्ने लक्ष्य राखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here