इराकको एक मस्जिदमा विष्फोट, २० जनाको मृत्यु

४ साउन । इराकको मध्य दियालाक्षेत्र स्थित एक मस्जीदमा भएको आत्मघाती बिस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

शुक्रबार हुने नियमित प्रार्थना भइरहेको समयमा गराइएको विस्फोटमा अन्य १४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । गएको केही हप्तामा यसक्षेत्रमा विस्फोटका घटनामा बृद्धि भएको छ । जुलाइ महिनामा मात्र इराकमा भएको आक्रमणमा परी करिब चारसय ६० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...