१६ साउन । पोल्याण्डको क्लब लेचिया गडान्स्कविरुद्धको क्लब मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।
गडान्स्कस्थित पीजीई एरिनामा गएराति भएको खेलमा बार्सिलोना लेचिया गडान्स्कसँग दुई–दुई गोलको बराबरीमा रोकिएको हो । खेल सुरु भएको १५ मिनेट पनि बित्न नपाउँदै लेचिया गडान्स्कका लागि बाइनियुकले पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
बाइनियुकले गोल गरेपछि निकै आक्रामक रूपमा खेल खेलेको बार्सिलोनाका लागि खेलको २६ औ मिनेटमा सेर्गि रोबेर्टोले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब एक–एक गोलको बराबरीमा रोकिएका थिए । त्यस्तै, दोस्रो हाफ सुरु भएको पाँच मिनेटमा नै गडान्स्कले गोल ग¥यो ।
५० औ मिनेटमा गडान्स्का लागि गेर्जेलजकले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा पु¥याए । ५६ औ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेस्सीले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याउन सफल भए । बार्सिलोनाले अहिलेसम्म खेलको चार क्लब मैत्रीपूर्ण खेलमा दुईमा जित, एकमा बराबरी र एक खेलमा पराजित भएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment