नुवाकोटमा चैते धान उत्पादनमा वृद्धि

४ साउन । समयमा बर्षा, रासायनिक मल र रोग नियन्त्रणको लागि विषादीको सहज उपलब्ध हँुदा यसवर्ष नुवाकोटमा चैते धानको उत्पादनमा वृद्धि भएको छ ।

किसानहरुको आधुनिक खेतीतर्फको बढ्दो आकर्षणसगैं परम्परागत खेती त्यागेर व्यवसासयिक खेतीमा सुरु गरेसँगै उत्पादनमा वृद्धि भएको हो । उन्नत जातको बीउ, आधुनिक खेती प्रणालील चैते धान प्रति हेक्टर ४ टनबाट बढेर यसवर्ष ४ दशमलब २ मेट्रिक टनको दरले उत्पादन भएको स्थानीय कृषकले बताएका छन् । नुवाकोटमा यसवर्ष ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको चैते धानको उत्पादन २५ हजार मेट्रिक टन भन्दा बढी उत्पादन भएको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

अघिल्ला वर्षहरुमा सामान्य रुपमा धान लगाउने क्षेत्रफल केही मात्रामा घटेपनि किसानहरु पछिल्लो समय बढी उत्पादन हुने बीउप्रति लालायित, चैतमा रोपाई गरिसकेपछि खेती प्रतिको नियमति लगनशीलता तथा रोगबाट बचाउन चनाखो हुँदा जिल्लामा अहिलेसम्मकै ठूलो मात्रा धान उत्पादन भएको हो । उत्पादन भएको चैते धान चामल, चिउराको लागि जिल्ला बाहिर उच्च माग रहदै आएको छ ।

नुवाकोटमा उत्पादन भएको धान छिमेकी जिल्लाका ठकाडमाडौँमा बढी निर्यात हुने गरेको छ । चैत्रमा रोपेर असारमा भित्र्याउने गरिन्छ । चैते धानको लागि नुवाकोटको खानीगाँउ, चौघडा, गणेस्थान, नर्जामण्डप, रालुकादेवी, सुन्दरादेवी, समुन्द्रटार, कल्याणपुर लगायत ३५ गाविस पकेट क्षेत्र मानिन्छ । अहिले रोपिने धान भने जिल्लाको ६१ मध्ये ५९ गाविसको करिब १५ हजार हेक्टर क्षेत्रफलमा लगाइने कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...