सेबास्टियन भिटेलबाट जर्मन ग्राण्ड पिक्सको रेश पहिलो स्थानमा पूरा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सेबास्टियन भिटेलबाट जर्मन ग्राण्ड पिक्सको रेश पहिलो स्थानमा पूरा

Share This
२४ असार । रेडबुलका राइडर सेबास्टियन भिटेलले जर्मन ग्राण्ड पिक्सको रेश पहिलो स्थानमा पूरा गरेका छन् ।
नुरबुरग्रिङगमा गएराति भएको ६० ल्याबको रेश रेडबुलका राइडर सेबास्टियन भिटेलले १ घण्टा ४१ मिनेट १४ दशमलव सात—एक—एक सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पार्न सफल भएका हुन् । खेलको पहिलो ल्यापदेखि नै अग्रता लिएको भिटेल ११ औ ल्यापमा भने पछि परेका थिए ।

जितपछि भिटेलले २५ अंक बनाएका छन् । त्यस्तै, भिटेलभन्दा मात्र एक दशमलव शून्य—शून्य—आठ सेकेन्ड पछाडि रेश पूरा गरेका लोट्सका राइडर रिकी राइकोनेन दोस्रो स्थानमा छन् । लोट्सका अर्का राइडर रोमाइन ग्रोसजेनले तेस्रो तथा फेरारीका राइडर फर्नान्डो अलन्सोले चौथौ चरणमा रहदै रेश पूरा गरेका छन् । मर्सिडिजका राइडर लुइस ह्यामिल्टन भने पाँचौ स्थानमा रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here