विश्व तेक्वान्दोमा भाग लिने नेपाली खेलाडीसहितको टोलीलाई बिदाई

२५ असार । आगामी अगष्ट १५ देखी मेक्सीकोमा हुने २१ औं बिश्व तेक्वान्दो प्रतियोगितामा सहभागी हुने तीन खेलाडी सहितको टोलिलाई मंगलबार बिदाई गरिएको छ ।

प्रतियोगितामा पुरुष ५४ केजी तौलसमुह तर्फ अरुण अधिकारी र ५८ केजी तौल समुहमा रन्जन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यता महिला ५७ केजीमा ज्ञानी चुनाराले खेल्नेछीन् ।

त्यस्तै, मेक्सीको प्रस्थान गर्ने टोलीमा प्रशिक्षकमा दिपक बिष्ट र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा रहेका छन् । बिश्व तेक्वान्दो प्रतियोगितामा नेपालको लागी यसअघि सन् १९८७ मा मिलन लामले र १९८९ मा सिता राईले काश्य पदक दिलाएका थिए ।
खेलाडी र प्रशिक्षकको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले शुभकामना सहित बिदाई गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...