ललितपुरमा नेपालकै पहिलो सहकारी कृषि वजार सञ्चालन

२० असार । ललितपुरको नख्खुमा नेपालकै पहिलो सहकारी कृषि वजार सञ्चालनमा ल्याइएको छ ।

मकवानपुरको पालुङमा कृषि फर्म सञ्चालन गरिरहेको एकीकृत कृषि विकास सहकारी संस्था र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा कृषि वजार सञ्चालनमा ल्याइएको हो ।

कृषि बजार संचालनमा आएपछि विचौलियाका कारण उचित मूल्य पाउन नसकेका कृषकका लागि फाइदा पुग्ने संचालकको दाबी छ । कृषि वजार सञ्चालन समितिका प्रमुख कार्यकारी अधिकृत जगन्नाथ ढकालले कृषि बजारले कृषकलाई उचित मूल्य दिने दाबी गरे । करिब डेढ करोड लगानीमा स्थापना गरिएको कृषि बजारमा अत्याधुनिक सुपरमार्केटसहित १ सय १० वटा स्टल राखिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...