टोमी मार्टिनले ११ औं चरणको रेशमा पहिलो स्थान हात पारे

२७ असार । जर्मनीका टोमी मार्टिनले जारी टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत ११ औ चरणको रेश पहिलो स्थानमा पूरा गर्न सफल भएका छन् ।

गएराति भएको एभरान्चेसदेखि मोन्ट सेन्ट मिचेलसम्मको ३३ किलोमिटरको इन्डिभिजुयल टाइम ट्राइलको रेश जर्मनीका टोमी मार्टिनले ३६ दशमलव २९ सेकेन्डमा पहिलो स्थानमा पूरा गर्न सफल भएका हुन् ।

त्यस्तै, ग्रेट ब्रिटेनका क्रिश फोमी दोस्रो तथा बेल्जियमका थोमस डी गेन्टले तेस्रो स्थानमा रहँदै रेश पूरा गर्न सफल भएका छन् । समग्रमा अहिलेसम्म ४२ घण्टा २९ मिनेट २४ सेकेन्डमा रेश पूरा गर्दै ग्रेट ब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा छन् ।

स्पेनी अलेक्जान्द्रो भालभेर्दे दोस्रो तथा नेदरल्याण्ड्सका बौके मोल्लेमा तेस्रो स्थानमा रहेका छन् । प्रतियोगिताअन्तर्गत विहीबार १२ औ चरणको फौगेरेसदेखि टुर्ससम्मको २ सय १८ किलोमिटरको रेश सन्चालन हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...