इन्डोनेसियमा भुकम्पमा परी मृत्यु हुनेको संख्या २२ पुग्यो

१९ असार । इन्डोनेशियाको आचे प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

मृतकहरूमध्ये ६ बालबालिका छन् । अन्य दुई सयभन्दा बढी मानिस घाइते भएका छन् । एक हजारभन्दा बढी घर क्षतिग्रस्त भएको अधिकारीहरूले जनाएका छन् । ६ दशमलव १ रेक्टर स्केल तीब्रता मापन गरिएको यो भूकम्पले सुमात्रा टापुको पश्चिमी किनारामा सबैभन्दा बढी क्षति पु¥याएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...