प्रधानसेनापतिबाट दार्चुलाको बाढी प्रभावित क्षेत्रको अवलोकन
१८ असार । प्रधानसेनापति गौरब शम्शेर राणाले दार्चुला जिल्लास्थित खलङ्गामा महाकाली नदिले पु¥याएको क्षतीको स्थलगत अवलोकन गर्नु भएको छ ।
खलंगामा हालसम्म ४२ वटा ग्याविन जालीमा ढुङ्गा भर्ने काम सम्पन्न भैसकेको छ । बाढी प्रभावितहरुलाई जिल्ला अस्पताल दार्चुलाले सडकमै पाल हालेर बिरामीलाई स्वास्थ्य सेवा दिन थालेको छ ।
निर्माणाधीन निजी घरमा शøयाहरु स्थापना गर्दै सडकमै पाल हालेर बहिरङग तथा आकस्मिक सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ । बाढी र नियमित वर्षाका कारण विभिन्न प्रकोपको उच्च जोखिम रहेको दार्चुलामा तत्कालै प्रभावकारी स्वास्थ्य सेवाका लागि वैकल्पिक व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।
0 comments
Write Down Your Responses