अस्पतालमा विरामीको चाप बढ्दो, शय्या अभावमा भुईमै राखेर उपचार - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अस्पतालमा विरामीको चाप बढ्दो, शय्या अभावमा भुईमै राखेर उपचार

Share This
१६ साउन । अविरल वर्षासंगै खानेपानीका मुहानहरु दुषित हुँदा विभिन्न रोगको संक्रमण बढ्न थालेको छ । पछिल्लो समयमा चितवनका सरकारी तथा अन्य गैरसरकारी अस्पतालहरुमा भाइरल ज्वरोका विमारीहरुको चाप बढेको छ ।
गएको महिनामा भन्दा करिब ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले बताउनुभयो । बिरामीको चाप बढेपछि भरतपुर अस्पतालले भुईंमा राखेर बिरामीको उपचार गर्न बाध्य भएका छन् । अस्पतालको मेडिकल वार्डको रेकर्डअनुसार पनि भाइरल ज्वरोका बिरामी अत्यधिक रहेको पाइएको छ ।

अस्पतालको मेडिकल वार्डमा रहेको ५१ शय्यामध्ये करिब ३० शय्यामा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालकी स्टाफ नर्स बिनिता सुवेदीले बताउनुभयो ।

अहिले सो अस्पतालका भुईं बिरामीले भरिएका छन् । सुरुमा ज्वरो आउने, रुघा लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने र बान्ता आउने लक्षण बिरामीमा देखिएको छ ।

चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा पनि बिरामीको चाप अत्यधिक भएको अस्पतालले जनाएको छ ।
असारको अन्तिम सातादेखि बिरामी बढ्न थालेको र अहिले पनि उत्तिकै चाप रहेको चिकित्सकले जनाएका छन् ।

अस्पतालमा विरामीको संख्या बढेपछि डाक्टरहरुले स्थानीयबासीलाई खानपानमा उचित ध्यान दिन आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here