अमेरिकी जलसेनबाट मानवरहित लडाकु जेटका सफल अवतरण

२७ असार । अमेरिकी जलसेनाले मानवरहित लडाकु जेटलाई युद्धपोतमा पहिलोपटक सफल अवतरण गरेको छ ।

अमेरिकी जल सेनाका लागि सबैभन्दा चुनौतीपूर्ण मानिएको साल्टी डग नामको मानवरहित जेटलाई अटलान्टिक सागरस्थित जर्ज बुस युद्धपोतमा सफल अवतरण गराइएको हो ।

मानवविहिन साल्टी डग जेटले दुई वटा निर्देशित क्षेप्यास्त प्रहार गर्ने क्षमता राख्नका साथै राडार छल्ने जनाइएको छ । युद्धपोतबाट निर्देशित यस विमानले चीन र इरान लगायतका मिसाइल विकास गरिरहेका मुलुकहरुको सम्भावित आक्रमणलाई छल्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...