३ साउन । ग्रेट ब्रिटेनका क्रिश फोमीले टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत १७ औ चरणको टाइम ट्राइल रेश पहिलो स्थानमा रहँदै पूरा गरेका छन् ।
गएराति इमब्रनदेखि चोरेजसम्मको ३२ किलोमिटरको व्यक्तिगत टाइम ट्राइल रेश ५१ मिनेट ३३ सेकेन्डमा पूरा गदै फोमी पहिलो स्थानमा रहन सफल भएका हुन् । त्यस्तै, फोमीभन्दा मात्र ९ सेकेन्ड पछाडि रेश पूरा गरेका स्पेनका अल्बर्टाे कोन्टाडोरले दोस्रो स्थान हात पारे ।
स्पेनकै जाकिम रोड्रीग्युजले तेस्रो तथा चेक रिपब्लिकका रोमान क्रियुगरले चौथौ स्थानमा रहदै रेश पूरा गरे । समग्रमा अहिलेसम्म ६६ घण्टा ७ मिनेट ९ सेकेन्डमा रेश पूरा गदै ब्रिटेनका क्रिश फोमी यल्लो जर्सिका साथ शीर्ष स्थानमा छन् । फोमीभन्दा मात्र चार मिनेट ३४ सेकेन्ड पछाडि रेश पूरा गरेका स्पेनका अल्वर्टाे कोन्टाडोर दोस्रो तथा रोमन रोमान क्रियुगर तेस्रो स्थानमा छन् । प्रतियोगिताअन्तर्गत विहीबार ग्यापदेखि एलेप डी हियुजसम्मको १ सय ७२ किलोमिटरको रेश सन्चालन हुनेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment