रुई कोस्टाले १६ औं चरणको रेश पहिलो स्थानमा जिते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

रुई कोस्टाले १६ औं चरणको रेश पहिलो स्थानमा जिते

Share This
२ साउन । पोर्चुगलका रुई कोस्टाले टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत १६ औ चरणको दूरी पहिलो स्थानमा पूरा गरेको छ ।
गएराति भाइसन ला रोमाइनदेखि गापसम्मको १ सय ६८ किलोमिटरको दूरी कोस्टाले ३ घण्टा ५२ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन् ।

त्यस्तै, कोस्टाभन्दा मात्र ४२ सेकेन्ड पछाडि रेश पूरा गरेका फ्रान्सका क्रिस्टोफी रिब्लोन दोस्रो स्थानमा छन् । फ्रान्सकै एर्नोल्ड जेननेससनले तेस्रो तथा जेरोमी कोप्पेले चौथौ स्थानमा रहँदै दूरी पूरा गरेका छन् । प्रतियोगिताअन्तर्गत बुधबार इब्ररुनदेखि चोर्गेससम्मको ३६ किलोमिटरको इन्डिभिजुयल टाइम ट्रायलको खेल सन्चालन हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here