पानी अभावका कारण बिराटनगरमा ९ प्रतिशत धान रोपाइँ

२२ असार । मोरङ जिल्लामा पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म नौ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।

जिल्लामा कुल खेतीयोग्य करिब एक लाख सात हजार हेक्टर जमिन रहेकामा ८७ हजार २०० हेक्टरमा बर्षे धानखेती गर्ने गरिन्छ ।

सोमध्ये अहिलेसम्म आठ हजार ५० हेक्टर जग्गामा मात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवले बताउनुभयो ।उहाँले पर्याप्त वर्षा भएमा असार मसान्तसम्ममा करिब ७० प्रतिशत जग्गामा धान कृषकले रोपाइँ गरिसक्ने बताए ।

मोरङमा भदौ महिनासम्म धान रोपाइँ गरिन्छ । मोरङका कृषकले समयमा वर्षा एवम् सिँचाइको असुविधाका साथसाथै कृषक मजदुरको पनि अभाव भोग्नुपरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...