क्षेत्रीय सन्तुलन कायम हुनेगरी निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव

२३ असार । नागरिक समाज तथा प्रशासनविद्हरुले सबै क्षेत्रको प्रनिधित्व र क्षेत्रीय सन्तुलन कायम हुनेगरी क्षेत्र निर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगमा आइतबार भएको छलफलमा उनीहरुले जनसंख्याका अनुपात, विभिन्न वर्ग र समुदायको प्रनिधित्व तथा क्षेत्रीय सन्तुलनलाई संम्बोधन हुनेगरी निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका हुन् ।

पूर्वसभामुख दमननाथ ढुंगानाले आयोगले पाएको क्षेत्राधिकार अपर्याप्त भएको भन्दै साच्चिकै क्षेत्र निर्धारण गर्न संविधानको बाधा अड्काउ फुकाउन सुझाव दिनुभयो ।

ढुंगानाले अन्तरिम संविधानको व्यवस्थाका कारण अहिले आयोगले ६३ पछि थपिएका क्षेत्र मात्र हेर्न पाउने अवस्था रहेको भन्दै दुईसय ४० वटै क्षेत्र पुनर्निर्धारणका लागि संविधान नै संसोधन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । छलफलमा सहभागीहरुले जनसंख्याको अवस्था देशको विकासको गति प्रभावित नहुने ग्यारेन्टी र प्रतिनिधित्व सुनिश्चत हुने गरी क्षेत्र निर्धारण गर्न सुझाव दिइएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...