यु–१६ साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमीफाइनलमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

यु–१६ साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमीफाइनलमा प्रवेश

Share This
९ साउन । नेपाल समुह एको बिजेता बन्दै अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ ।
दशरथ रंगशालामा बुधवार भएको समुह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई तीन–शुन्य गोल अन्तरले पराजित ग¥यो ।
नेपालले दुई खेलमा जीत र एक खेलमा बराबरी गर्दै कुल ७ अंक बनाउदै सेमिफाइनलमा स्थान बनाएको हो । यता नेपालसंग पराजित हुदै डिफेन्डिङ च्याम्पियन पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालको जितमा बिमल घर्तीमगरले दुई तथा सुजन लिम्बुल एक गोल गरे । नेपालले पहिलो हाफको १३औ मिनेटमा खेलमा अग्रता लिन सफल भएको थियो । कप्तान हेमन्त थापा मगरको क्रसलाई सुजन लिम्बुले बललाई गोलको बाटो दिएका थिए ।

पहिलो हाफसम्म एक–शुन्यको अग्रता बनाएको नेपालले दास्रो हाफको २५ औ मिनेटमा दोस्रो गोल थप्यो । नेपाली र्फवाड बिमल घर्तीमगरले पाकस्तिानी डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे र टिमको अग्रतालाई दोब्बर पारे । खेलमा पाकिस्तानलाई पुर्ण रुपमा दबाबमा राखेको नेपालले ७३ औ मिनेटमा तेस्रो गोल थप्यो । कप्तान हेमन्त गुरुङको कर्नरलाई बिमल धर्तीमगरले गोल गर्दै ब्यत्तिगत गोल सङख्यालाई दुई पु¥याएका थिए ।

जितसगै समुह बिजेता बनेको नेपालले अब सेमिफाइनलमा भारत र बङ्गलादेश बिचको खेलको बिजेतासंग खेल्नेछ । त्यस्तै, लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको समुह एको अर्काे खेलमा अफगानिस्तानले भुटानलाई तीन–एक गोल अन्तरले पारजित गरेको छ । जीतसगै ५ अंक बनाएको अफ्गानिस्तान समुह एको उपबिजेताको रुपमा सेमिफाइनल प्रबेश गरेको छ ।


No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here