दुई महिनादेखि बन्द उद्योग खुलाउने विषयमा दुई कोरियाबीच उच्चस्तरीय वार्ता

२२ असार । दुई महिना देखि बन्द दुई कोरिया विचको संयुक्त औद्योगिक क्षेत्र केसाङ सुचारु गर्ने विषयमा उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्च स्तरीय वार्ता सुरु भएको छ ।

उत्तर कोरियाले गत फेब्रुअरीमा गरेको आणविक परिक्षाण पछि संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीसँगै उत्तर कोरियाले केसाङ औद्योगिक क्षेत्र बन्द गरेको थियो ।

दक्षिण कोरियाका १ सय ३० भन्दा बढी कम्पनिहरु रहेको औद्योगिक क्षेत्र बन्द भएपछि ५३ हजार कामदारहरु अलपत्र परेका थिए । उत्तर कोरियाले एकतर्फी बन्द गरेपछि दक्षिण कोरियाले सुचारु गर्न वार्ता प्रयास गर्दै आएको छ । दुई कोरियाको सिमा स्थित केसाङ औद्योगिक क्ष्ँेत्र उत्तर कोरियाको प्रमुख आम्दानी श्रोत समेत हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...