ओवामाबाट मण्डेला थुनिएको जेलको भ्रमण

१७ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलालाई रंगभेद विरोधी आन्दोलनका क्रममा थुनिएको जेलको भ्रमण गरेका छन् ।

दुईदिने भ्रमणका क्रममा सपरिवार दक्षिण अफ्रिका पुगेका अमेरिकी राष्ट्रपति ओबामाले रोविन टापुस्थित जेलको भ्रमण गरेका हुन् । सन् १९९४ मा मण्डेला पहिलो अश्वेत राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि यो जेल बन्द गरिएको थियो । ओबामा परिवारले जेलमा मण्डेलाको बसाई, उनको संघर्ष तथा शारीरिक श्रम शिविरबारे मण्डेलासँगै जेल जीवन बिताएकाहरूबाट जानकारी लिएको थियो । २७ वर्षे जेल जीवनमा मण्डेलाले रोविन टापुस्थित जेलमा १८ वर्ष बिताएका थिए ।

जेल भ्रमणका क्रममा ओबामाले आफ्ना छोरीहरूलाई अमेरिकाको रंगभेद विरोधी आन्दोलन र नागरिक अधिकार अभियान समेत मण्डेलाको आदर्शबाट प्रभावित भएको बताएका थिए । ओबामाले स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको मण्डेलासँग भेटवार्ता नगरे पनि शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । दुई सातादेखि अस्पतालमा भर्ना भएका मण्डेलाको अवस्था नाजुक तर स्थिर रहेको दक्षिण अफ्रिकी सरकारले बताएको छ । ९४ वर्षीय मण्डेलाले नोबेल शान्ति पुरस्कार विजेता हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...