खोटो बेचेर करोड आम्दानी

रोल्पा, २० असार । रोल्पाका सामुदायिक वनका सदस्यहरुले सल्लाको खोटो बिक्रीबाट यो वर्ष मात्रै १ करोड २९ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

२१ हजार ६ सय ५६ क्विन्टल खोटो संकलन गरी सामुदायिक वन समूहहरुले यो आम्दानी गरेका हुन् ।

जिल्लामा भएका १ सय ५१ सामुदायिक वनको संकलित खोटो जिल्लाका विभिन्न सामुदायिक वन समूहले प्रतिकिलो ६ रुपैयाँका दरले बिक्री गरेको जिल्ला वन अधिकृत चन्द्रदेव लालकर्णले जानकारी दिनुभययो ।

खोटो बिक्रिबाट प्राप्त भएको रकम वन समूहहरुले आफ्नै गाउँको सामाजिक हित तथा आय आर्जनका क्षेत्रमा लगाउँदै आएको प्रगतीशिल सामुदायिक वन समूह जेदबाङका अध्यक्ष जुद्धबहादुर पुनले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...