लोपोन्मुख जातिका राजामामा कुसुण्डालाई ३६ हजार मुल्य वारवरको सामाग्री सहयोग - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

लोपोन्मुख जातिका राजामामा कुसुण्डालाई ३६ हजार मुल्य वारवरको सामाग्री सहयोग

Share This
१ साउन । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान केन्द्रीय कार्यालय काठमान्डौले लोपोन्मुख जातिका राजामामा कुसुण्डाको परिवारलाई ३६ हजार मुल्य वारवरको सामाग्री सहयोग गरेको छ ।

वर्षेनि जस्तै प्रदान गर्दै आएको प्रतिष्ठानले राजामामा कुसुण्डाको जीवन निर्वाहका लागि २० हजार र छोरी सिमान्तको पढाई खर्च वापत १६ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष झक बहादुर थापा र स्थानीय विकास अधिकारी छविलाल रिजालले संयुक्त रुपमा कुसुण्डा परिवारलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
प्रतिष्ठानका अध्यक्ष झक बहादुर थापाले देशभरका २ सय ७० जना रहेका कुुुसुन्डालाई हक अधिकारका लागी संगठित गर्ने पहल भएको र एकै जिल्लामा राख्नका लागी कुरा उठिरहेको वताउँदै उक्त सहयोग गरेको वताउँदै केही हद सम्म सो सहयोगले राहात मिल्ने वताउनुभयो ।

स्थानीय विकास अधिकारी छविलाल रिजालले राजामामाको परिवारलाई जागिर भन्दा पनि दैनिक रुपमा जीवन निर्वाह गर्नका लागि उद्यमी बनाउन आवश्यक तालिम र प्रशिक्षणको खाँचो रहेको बताउनभयो । लत्ता कपडा र रकम पाउदा कुसुण्डा परिवार निकै खुशी भएका छन् । ।
केहि समय अघि मात्रै व्यास ५ डिही गाउँ स्थित कुसुण्डा परिवारको घरमा विद्युत जडान गरिएको प्रतिष्ठानका सहायक होम दुराले जानकारी दिनु भयो । प्रतिष्ठानकै सक्रियतामा २ वर्षअघि डिही गाउँमा ३ कोठे पक्की घर बनाई कुसुण्डा परिवारलाई हस्तान्तरण गरिएिको छ । राजामामाकी ५ वर्षीय छोरी सिमान्त सतीस ईङ्गिलस बोडिङ्ग स्कुलमा नर्सरीमा पढ्दै छिन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here