अग्नेस्का र लिसिस्की विम्बल्डन टेनिसको सेमीफाइनलमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अग्नेस्का र लिसिस्की विम्बल्डन टेनिसको सेमीफाइनलमा

Share This
१९ असार । पोल्याण्डकी अग्नेस्का राडवान्स्का र जर्मनीकी सबिने लिसिस्की विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको क्वाटरफाइनलमा राडवान्स्काले चीनकी लि नालाई ७—६, ४—६ र ६—२ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरकी हुन् । पहिलो र अन्तिम सेटमा जित हात पारेकी राडवान्स्का दोस्रो सेटमा भने पराजित भएकी थिइन् ।

त्यस्तै, अर्को क्वाटरफाइनल खेलमा लिसिस्कीले इस्टोनियाकी काइया कानेपीलाई ६—३ र ६—३ को सोझो सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरिन् ।

गएराति नै भएका अन्य खेलमा फ्रान्सेली मारियन बार्टेलीले अमेरिकी स्लोन स्टेफेन्सलाई ६—४ र ७—५ को सेटमा तथा बेल्जियमकी क्रिश्टेन फिलिपकेन्सले चेक रिपब्लिककी पेट्रा किभिटोभालाई ४—६, ६—३ र ६—४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । अब फाइनल प्रवेशका लागि राडवान्स्काले लिसिस्कीको तथा बार्टेलीले फिलिपकेन्सको सामना गर्ने छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here