महानगरपालिका कार्यालयमा घेराउ

४ साउन । होर्डिङ बोर्ड व्यवसायीको साझा संस्था साइनेज एसोसिएसन नेपालले शुक्रबार बिहान काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

राष्ट्रिय झन्डा फहराइने विभिन्न स्थानमा महानगरपालिकाले अनधिकृत रुपमा विभिन्न कम्पनीका बोर्ड राख्ने काम गरिरहेकाले त्यसलाई बन्द तथा होर्डिङ बोर्डका विषयमा स्वदेशी उद्योगी तथा व्यवसायीलाई संरक्षण गरिनुपर्ने माग एसोसिएसनको छ ।
बिहान ९–११ बजेसम्म गरिएको घेराउका समयमा महानगरपालिकाका प्रशासनिक कार्य प्रभावित भएका थिए ।

एसोसियसन र महानगरपालिकाका प्रतिनिधिको संलग्नतामा गत वर्ष भदौ ८ गते गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन तथा राज्यले विज्ञापन नीति नियम र मापदण्ड तयार गरिसकेपछि त्यसैका आधारमा महानगरपालिकाले नगरभित्रका बोर्डको व्यवस्थापन गरिनुपर्ने माग एसोसिएसनका अध्यक्ष सूर्यबहादुर कार्कीले गर्नुभयो ।

महानगरपालिकाले नगरको सौन्दर्य तथा महानगरवासीको सुरक्षालाई ध्यानमा राखेर यही साउन १ गते सूचना प्रकाशन गरी यसै महिनाको मसान्तसम्म महानगरका सम्पूर्ण होर्डिङ बोर्ड हटाउन सम्बन्धित व्यवसायीलाई आग्रह गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...