सिरियाको होम्समा सेना र विद्रोहीबीच संघर्ष जारी

४ साउन । सिरियाको होम्स शहरमा सेना र विद्रोहीबीच संघर्ष जारी छ ।

सेनाले विद्रोही विरुद्ध कारबाही चलाइरहेको अधिकारवादीहरूले जनाएका छन् । होम्स शहर नियन्त्रणमा लिन सेनाले हवाई र स्थल कारबाहीलाई तीब्रता दिएको छ । संघर्षका कारण होम्स शहरका विश्व सम्पदाहरू ध्वस्त भएका छन् । यसैबीच, विद्रोही कमाण्डर हतियार सहयोगका लागि आग्रह गर्न अर्को साता अमेरिका जाँदैछ । अमेरिकी सेनाका एक उच्च अधिकारीले सिरियामा सैन्य हस्तक्षेप गर्ने विकल्पमा समेत विचार भइरहेको बताइरहँदा विद्रोही कमाण्डर अमेरिका भ्रमणमा जान लागेका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...