१ साउन । पुनरावेदन अदालत तुलसीपुरले आव २०६९/७० मा ५१३ थान मुद्दा फर्छ्यौट गरेको छ ।
अदालतका निमित्त रजिस्ट्रार राजेन्द्रकुमार शर्माका अनुसार गत आवमा जिम्मेवारी सरेका २२० थान मुद्दा र यस आवमा परेका ४८१ थान मुद्दा गरी ७०१ थान मुद्दामध्ये ५१३ थान मुद्दाको फछ्र्यौट गरी हाल १८८ थान मात्र मुद्दा विचाराधीन छन् । सोअनुसार मुद्दा फछ्र्यौट प्रतिशत ७३दशमलव १८ छ । विगत वर्षभन्दा यस वर्ष मुद्दा फछ्र्यौटमा वृद्धि भएको अदालतले जनाएको छ ।
न्याय सम्पादनको प्रभाकारिता बढाउन मातहतका अदालत तथा अर्धन्यायिक निकायमा निरीक्षण सम्पन्न गरिनु, न्यायमा सहज पहुँचका लागि नागरिक समाजका प्रतिनिधिसमेतको उपस्थितिमा यस वर्ष नै बृहत् बैठक सम्पन्न गर्नाले पनि मुद्दा फछ्र्यौट सङ्ख्या बढेको पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक बताउनुहुन्छ ।
अदालतको सहजताका लागि अनलाइनमार्फत मुद्दाको पेसी सूची अवलोकन गर्न र फैसला डाउनलोड गर्ने सकिने व्यवस्था पनि छ ।
दाङ जिल्ला अदालतले पनि यस वर्ष दायरसमेत भएका एक हजार ४५८ थान मुद्दामध्ये ९८३ थान फछ्र्यौट भएको जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पुनरावेदन अदालत दाङबाट ५१३ थान मुद्दा फर्छ्यौट
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment