३ साउन । सन् २०२२ को गर्मीयाममा कतारमा हुने भनिएको विश्वकप फुटबल प्रतियोगिता जाडो मौसममा सार्नु पर्ने फिफाका अध्यक्ष सेप ब्लाटरले बताएका छन् ।
फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष ब्लाटर र फिफा कार्यकारी समितिबीच विश्वकप फुटबल प्रतियोगिताबारे छलफल सुरु भएको छ । मौसमकै कारण्ँ विश्वकप तालिका सार्दा विश्वका विभिन्न मुलुकको घरेलु लिगमा ठूलो असर पर्ने पनि देखिएको छ । तर, गर्मीयाममा कतारमा अधिकतम तापक्रम ५० डिग्री सेल्सियस नाघ्ने हुँदा खेलाडी र दर्शकलाई अप्ठेरो पर्ने ठहर ब्लाटरको छ । यद्यपि कतारी अधिकारीहरूले विश्वकपका लागि तयार पारिने रंगशालाहरू वातानुकुलित हुने जनाएका छन् । उनीहरूले जाडोमा विश्वकप आयोजन गर्न कतारलाई कुनै समस्या नरहेको पनि बताएका छन् । यस बारेमा ठोस निर्णय आगामी अक्टोबरमा हुनेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment