बैदेशिक रोजगारीमा गएर घाइते भएकी उर्मिलालाई सहयोग प्रदान

२४ असार । बैदेशिक रोजगारीमा क्रममा कुवेतमा खुट्टा फ्याक्चर भएर फर्किएकी मकावनपुरकी उर्मिला गोलालाई रोजगार मिडियाले २ लाख ९४ हजार आर्थिक सहयोग गरेको छ ।

मिडियाले विभिन्न देशमा रहेका नेपालीहरुले पठाएको रकम गोला मंगलवार हस्तान्तरण गरेको हो । विदेशमा रहेका श्रम तथा रोजगार मन्त्रालयमा एक कार्यक्रम गरी पीडित गोलालाई सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण रकम श्रम तथा रोजगार मन्त्रालय सचिव सुरेशमान श्रेष्ठले पिडित गोलालाई सहयोग गर्नूभयो । २ लाख ९४ हजार रुपैया आर्थिक सहयोग गरेको हो । गत मार्च महिनामा बैदेशिक रोजगारी लागि लागि कुवेत गएकी उर्मिला २ महिना नपूग्दै गोडा प्याक्चर भएर स्वदेश फकिनु परेको थियो । उनको गोडा प्याक्चर भएको भिडियो यूटवमा सार्वजनिक भएपछि विदेशमा रहेको नेपालीहरुले सहयोग गरेका थिए । भिडियो सार्वजनिक भएपछि विश्व साहित्य महासंघ इजरायल शाखाले समेत २४ हजार सहयोग गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...