कञ्चनपुरमा व्यापकरुपमा वुद्युत चोरी

२७ असार । कञ्चनपुरमा कुल खपतको झन्डै १३ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ । दुई वर्षदेखि प्राविधिक समस्याका कारण यहाँ विद्युत् चुहावटमा बढोत्तरी हुन थालेको हो ।

ट्रान्सफर्मरमा ओभरलोडका कारण खराबी आउने, जथाभावी सडक बत्ती राख्ने, बन्द मिटरहरू फेर्न नसक्दा र विद्युत्का पुराना लाइनहरू रहेकाले यहाँ विद्युत् चुहावट हुने गरेको प्राधिकरण महेन्द्रनगर शाखाका प्रमुख सत्यनाराण महतोले बताउनुभयो । वार्षिक रुपमा यहाँ दुई करोड ७९ लाख २५ हजार २१९ युनिट विद्युत् खपत हुने गरेकोमा ३६ लाख ३० हजार २७८ दशमलब ४७ युनिट विद्युत् चुहावट हुने गरेको छ ।

विवाह, भोजभतेर र चोरी सिकारी लगायतका कार्यमा विद्युत्को चोरी गरी चुहावट गरेको पाइए पनि अन्य जिल्लाको जस्तो यहाँ विद्युत् चोरी गरेर चुहावट गर्ने समस्या नरहेको कार्यालय प्रमुख महतोले बताउनुभयो ।अवैधानिक रुपमा विद्युत् चोरी गरी चुहावट गर्ने सात जनालाई कारबाही गरी जरिवाना असुल गरिएको उहाँले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...