सहिद दशरथचन्दको ११०औँ जन्मजयन्ती - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सहिद दशरथचन्दको ११०औँ जन्मजयन्ती

Share This

१७ असार । सहिद दशरथ चन्दको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
राणाशासनविरुद्ध विद्रोह गरेका चन्दलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । १९६० साल असारमा बैतडीको बस्कोटमा जन्मिएका चन्दलाई सहिद माइला पनि भन्ने गरिन्छ । उहाँले मानविकी तथा समाजशास्त्रमा भारतको बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । उहाँको विक्रम संवत १९९७ माघ १५ गते तत्कालीन सरकारबाट हत्या भएको थियो ।

बनारसमा पढ्दै उहाँले महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा सक्रिय सहभागिता जनाउनुभएको थियो । राणा शासनविरुद्ध आन्दोलन गरिरहेको नेपाल प्रजापरिषद्मा आबद्ध भएर उहाँले सेवासिंह छद्मनामबाट राणाविरोधी लेखरचनासमेत प्रकाशित गर्नुहुन्थ्यो ।

देश र जनताको मुक्तिका लागि आफ्नो प्राण आहूति दिने सहिद दशरथ चन्दको सम्झनामा जन्मजयन्ती मनाउन थालिएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here