यु–१६ फुटबलमा नेपाल र पाकिस्तान भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

यु–१६ फुटबलमा नेपाल र पाकिस्तान भिड्दै

Share This
९ साउन । काठमाडौंमा जारी अन्डर सिक्सटिन फुटबल च्याम्पियनशिपअन्तर्गत बुधबार नेपालले पाकिस्तानको सामना गर्दैछ ।
यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चार बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म खेलेको दुई खेलमध्ये एक खेलमा जित र एकमा बराबरी गर्दै ४ अंक बनाएको छ । नेपालले सेमिफाइनलमा प्रवेश गर्न पाकिस्तानसँगको खेलमा जित वा बराबरी गर्नुपर्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा भने अफगानिस्तानसँग बराबरीमा रोकिएको थियो । त्यस्तै, समान दुई–दुई जोडेको अफगानिस्तान र पाकिस्तान क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, लगनखेलस्थित आर्मीको मैदानमा हुने अर्को खेलमा अफगानिस्तान र भुटान भिड्नेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here