५ साउन । अन्डर सिक्सटिन् साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ ।
प्रतियोगिताअन्र्तगत उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । यी दुई टिमबीचको खेल शनिबार दिउँसो चार बजे दशरथ रंगशालामा हुनेछ । शनिबारै लगनखेलस्थित आर्मी स्पोट्र्स ग्राउण्ड्मा हुने खेलमा अफगानिस्तान र पाकिस्तान भिड्ने छन् । खेल तालिकाअनुसार दोस्रो खेलमा नेपालले सोमबार अफगानिस्तानको र तेस्रो खेलमा बुधबार पाकिस्तानको सामना गर्नेछ । नेपालसहित भुटान, अफगानिस्तान र पाकिस्तान समूह एमा छन् । त्यस्तै, भारत, बंगलादेश र श्रीलंमा समूह बीमा छन् । यसपटक नेपाली टोलीको कप्तानी हेमन्त थापा मगरले गर्ने छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् भने सुनिलकुमार श्रेष्ठ र मृगेन्द्र मिश्र सहायक प्रशिक्षक छन् । सन् २०११ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । प्रतियोगितामा दक्षिण एसियाका आठ टिमले सहभागिता जनाउने भए पनि प्राविधिक कारणण् जनाउँदै माल्दिभ्स सहभागी भएको छैन ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment