भारतद्धारा ७ सय ६४ गाडी सहयोग

२५ असार । भारत सरकारले चुनावी प्रयोजनसहित नेपाललाई सात सय ६४ गाडी सहयोग गर्ने भएको छ ।

बिदेशमन्त्री सलमान खुर्सिदको भ्रमणका अवसरमा भएको अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँगको भेटमा खुर्सिदले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

सहयोग गर्ने गाडीमध्ये ४८ वटा निर्वाचन आयोगलाई हस्तान्तरण हुनेछ । अन्य ७ सय १६ वटा गाडी प्रधानमन्त्री कार्यालयलाई हस्तान्तरण हुनेछन । ति गाडीहरु नेपाल प्रहरीको उपयोगका लागि प्रयोग गरिनेछन । खुर्सिदको भ्रमण अगावै निर्वाचन आयोगले औपचारिक रुपमै सहयोग माग्ने निर्णयसहित अर्थ र परराष्ट्र मन्त्रालय मार्फत पत्रचार गरेको थियो । नेपाल प्रहरीले पनि कुटनीतिक च्यानल मार्फत गाडी सहयोगका लागि आग्रह गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...